‘हामी राइडर हो, तिम्रो दास होइन’ भन्दै राइडर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं । राइड सेयरिङ एप पठाओ, इन्ड्राइभका राइडर आन्दोलनमा उत्रिएका छन् । पेट्रोलको भाउ बढेसँगै भाडा समायोजन गरलगायतका नारासहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

स्वतन्त्र चालक फाउन्डेसन नेपालले आन्दोलनको आयोजना गरेको हो ।

नेपालले सरकारको कमजोर नियमनका कारण राइडरहरू मर्कामा परेको भन्दै विरोध प्रदर्शन गरेको हो । 

उनीहरूले पेट्रोल महँगो भाडा सस्तो अन्याय बन्द गर, राइडरहरूमाथि शोषण बन्द गर, हाम्रो आवाज दबाउन पाइँदैन, राइडरलाई गुलाम नबनाऊ, चालक र यात्रुको सुरक्षा गर, हामी राइडर हो तिम्रो दास होइन लगायतका नारा लेखेका पम्प्लेटहरू पनि प्रदर्शन गरेका छन् ।

राइड सेयरिङ सेवा पूर्ण बन्द गर्नेसमेत चेतावनी उनीहरूको छ । 

तस्बिरहरू :नरेश बोहोरा/विकासन्यूज

nullnullnull

nullnullnullnullnullnullnull

 

Share News