प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । यो मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीहरुले सपथ तथा पदभार गरेको दिन नै मन्त्रिपरिषद् बैठक बसेको थियो । 
मन्त्रिपरिषदको पहिलो बैठकले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने साशकीय सुधारका १०० काम पनि स्वीकृत गरेको थियो । 

Share News