काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै दराज नेपालले बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ । नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यसहित आकर्षक छुट, भौचर, बैंक अफर तथा उपहार योजनासहित अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
दाराजका अनुसार ७५ प्रतिशतसम्मको मेगा छुट, निःशुल्क होम डेलिभरी तथा करिब ८३ लाख रुपैयाँ बराबरका भौचरहरू समावेश गरिएको यो सेल अप्रिल ३ (चैत २०) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७) सम्म सञ्चालन हुनेछ । कम्पनीले यसलाई नेपाली ग्राहकका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवका रूपमा प्रस्तुत गरेको छ ।
अभियान अवधिभर विभिन्न क्याटेगरीका सामानहरूमा दैनिक फ्ल्यास सेल सञ्चालन गरिनेछ । प्लाटिनम पार्टनर चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिभर र मिनिमलिस्टका उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यस्तै गोल्ड पार्टनर फोरया र एक्सएजका उत्पादनमा पनि ६० प्रतिशतसम्म छुट प्रदान गरिनेछ भने सिल्भर पार्टनर नाइक, फ्यानटेक र पीसेफका उत्पादनहरूमा ६५ प्रतिशतसम्म छुट रहने कम्पनीले जनाएको छ ।
किनमेललाई थप सहज बनाउन दराजले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी बैंक र नेपाल बैंकसँग सहकार्य गरेको छ । ग्राहकहरूले क्रेडिट कार्ड प्रयोग गर्दा १५ प्रतिशत (अधिकतम रु. ७५०) तथा डेबिट कार्ड प्रयोग गर्दा १० प्रतिशत (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्नेछन् । साथै ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताका लागि ‘रश आवर’ विशेष अफरहरू पनि उपलब्ध हुनेछन् ।
यसका अतिरिक्त दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४ र रु. २,४४४ का विशेष डिलहरू तथा नयाँ वर्षको थीमअनुसार रु. २,०८३ का क्याटेगरी अफरहरू पनि अभियानभर उपलब्ध गराइनेछ ।
उत्सवलाई अझ आकर्षक बनाउन दराजले विभिन्न उपहार योजनासमेत ल्याएको छ । मुख्य पुरस्कारअन्तर्गत फिलिप्सको सहयोगमा करिब रु. १ लाख ८० हजार मूल्य बराबरका १५ वटा साना होम अप्लायन्सहरू समेटिएको प्रिमियम बन्डल एक जना भाग्यशाली विजेताले प्राप्त गर्नेछन् ।
त्यसैगरी भिभो भी७० स्मार्टफोन, बडी जिम एक्सरसाइज साइकल, मिर्याकल्सका डिस्प्ले तथा प्रिन्टर र्याक, स्टिलबर्ड हेल्मेट तथा एससीएस एसएण्डएक्स हेल्मेट ब्लुटुथ इन्टरकमलगायतका उपहार जित्ने अवसर पनि ग्राहकहरूले पाउनेछन् ।
सेल अवधिभर न्यूनतम रु. ५,००० बराबरको खरिद गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् । योग्य सहभागीहरूबाट विजेता छनोट गरिने कम्पनीले जनाएको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले ‘४.४ सेल’ले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता झल्काउने बताउँदै सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफर र पुरस्कारमार्फत ग्राहकलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए ।