काठमाडौं । सुनसरीको दुहबी नगरपालिका-४ मा भारत सरकारको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु भएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहबी नगरपालिका प्रमुख वेद नारायण गच्छदारले उक्त केन्द्रको संयुक्त रूपमा शिलान्यास गरे ।
भारतको करिब १६ करोड ४० लाख रुपैयाँ आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत दुहबी नगरपालिकामार्फत केन्द्र निर्माण गरिने दूतावासले जनाएको छ ।