प्रहरी हिरासतमा रहेका ‌ओलीलाई आवश्यक उपचार गर्न आदेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न आदेश दिएका हुन् ।

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।

ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

ओली र लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, सोमबार पेसी

Share News