नेकपाको संसदीय दलको नेता बने दाहाल

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् ।

आइतबार (आज) पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो ।

उनी सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । 

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो । पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट पाएको हो ।

Share News