स्वर्णलक्ष्मी ठगी प्रकरणमा लामिछानेले बुझे अदालतको तारेख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारिख वैशाख १४ गतेका निम्ति तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई वैशाख १४ को तारिख थमाएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

आइतबार लामिछाने तारेख बुझ्न अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनीविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । 

लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रूपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।

Share News