काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेशको हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका २०५ जना विद्यार्थीलाई ट्र्याकसुट सहयोग प्रदान गरेको छ ।
२०५२ सालदेखि सञ्चालनमा रहेको उक्त विद्यालयमा आयोजित एक समारोहबीच बैंकको सर्केगाड शाखामार्फत विद्यार्थीहरूलाई ट्र्याकसुट हस्तान्तरण गरिएको हो । बैंकका अनुसार वितरण गरिएको ट्र्याकसुटले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम तथा दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाकको सुविधा उपलब्ध गराउनेछ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रहरूमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता सहयोगात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ ।