५ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २  लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको छ । 

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

Share News