आईएमई इलेक्ट्रिकले पायो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर अवार्ड

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले दक्षिण एसियाबाट ‘आउटस्ट्यान्डिङ बिजनेस पार्टनर’ अवार्ड प्राप्त गरेको छ । भारतको कोचीमा सम्पन्न मोटुल इन्डिया एनुअल कन्फ्रेन्समा आईएमई इलेक्ट्रिकले सो अवार्ड पाएको हो । 

मोटुल इन्डिया एन्ड साउथ एसियाका सीईओ नागेन्द्र पाई, मोटुल एसिया प्यासिफिकका सीईओ लियोनेल डान्टियाक र मोटुल इन्डियाका चेयरम्यान खेतान ब्यासले आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाललाई सो अवार्ड हस्तान्तरण गरे । 

आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको   प्रभावलाई  सो मान्यताले पुष्टि गरेको छ । 

मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।    

Share News