काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई पक्राउ गरिएको विकासन्युजलाई जानकारी दिए ।
सीआइबीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।