अब सार्वजनिक यातायातमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्ने

काठमाडौं। सार्वजनिक यातायातले सीसीटीभी राख्ने र ड्यासक्याम अनिवार्य गर्नु पर्ने भएको छ । सार्वजनिक यातायातले लैङ्गिक हिंसा रोकथाम गर्न सीसीक्यामरा अनिवार्य जडान गर्नुपर्ने भएको  हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को सय वटा स्वीकृत शासकीय सुधार अन्तर्गत राइड सेयरिङ एपमा अनिवार्य एसओस बटन अनिवार्य गर्नु पर्ने भएको छ ।

आकस्मिक तथा खतराको सूचना तत्काल प्रहरीसमक्ष पुर्याउने व्यवस्था मिलाउने भएको छ ।

Share News