गृहमन्त्री गुरुङलाई प्रश्न : महेश बस्नेतलाई पक्राउ गर्न लागिएको हो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षाकर्मीका उच्च अधिकारीसँग छलफल सकेर गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनी नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल लगायत उच्च अधिकारीहरुसँगको छलफल सकेर गृहमन्त्रालयबाट निस्केका हुन् । 

बाहिर निस्किदै गर्दा सञ्चारकर्मीले उनलाई नेकपा एमालेका सचिव महेश बस्नेतलाई पनि पक्राउ गर्ने हल्ला भइरहेको छ, उनलाई पक्राउ गर्न लागिएको हो भन्ने प्रश्न गरेका थिए । उनले सो प्रश्नको जवाफ मुसुक्क मुस्कुराएर टारेका छन् । 

सरकारले शनिबार बिहान एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आज दिनभर एमालेका कार्यकर्ताले उनको रिहाईमा विरोध गरेका थिए ।  

Share News