काठमाडौं । प्रहरी हेडक्वाटरले देशभरका सुरक्षाकर्मीलाई हाईअलर्टमा बस्न निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाउन सर्कुलर गरिएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।