ओली पक्राउकोे प्रतिवादमा उत्रियो एमाले, साढे ८ बजे सचिवालय बैठक बस्दै

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई लिएर गर्ने  राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ । एमालेले यस कदमलाई स्पष्ट राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । 

एमाले अध्यक्ष ओलीलाई पक्राउ गरिएको खबर सार्वजनिक भएसँगै उनका समर्थकहरू आक्रोशित बनेका छन् । पार्टीका नेता–कार्यकर्ताहरूले यो कदम लोकतान्त्रिक मूल्य र विधिको शासनविरुद्ध भएको आरोप लगाएका छन् । 

नागरिक अभियन्ता नीलाम्बर आचार्यले सरकारको यो निर्णयले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले भने, ‘राजनीतिक मतभेद समाधान गर्ने बाटो पक्राउ होइन, संवाद हो ।’ आचार्यले राज्यका निकायहरूलाई निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । 

यस्तै, एमाले सचिव महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका छन् । उनले यो कदमलाई लोकतन्त्रविरुद्धको खतरनाक संकेत भन्दै तत्काल निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । बस्नेतले यदि यस्तो गतिविधि नरोके आन्दोलन चर्किने चेतावनी समेत दिएका छन् । 

सरकारनिकट स्रोतहरूले भने कानुनी प्रक्रिया अनुसार नै कारबाही अघि बढाइएको दाबी गरेको छ । तर, प्रतिपक्ष र नागरिक तहबाट उठिरहेको विरोधले राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ । 

अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई लक्षित गरिएको यस कदमले आगामी दिनमा देशको राजनीतिक स्थायित्वमा कस्तो असर पार्छ भन्ने चासो बढ्दो छ । 

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको पक्राउपछि पार्टीको सचिवालय बैठक बस्ने तयारी गरिएको छ । सचिव बस्नेतका अनुसार अहिले बिहान साढे ८ बजे सचिवालय बैठक आव्हान गरिएको छ । 

ओली र लेखकलाई लाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । प्रहरीले ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई कटुञ्जेस्थत निवासबाट पक्राउ गरी भद्रकाली पु¥याएको हो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनीहरुलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 
 

Share News