पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुखलाई फौजदारी कसुरमा अनुसन्धान गर्न कार्की आयोगको सिफारिस

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नयाँ सरकारको निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, लेखक र प्रहरी प्रमुखलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सोही आधारमा प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

Share News