गुण्डुमा तनाव, ओलीका समर्थक र प्रहरीको भीड बढ्दो

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन प्रहरीको ठूलो टोली भक्तपुर पुगेको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली बस्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बिहानैदेखि प्रहरी परिचालन बढाइएको हो । प्रहरी टोली आवश्यक कागजातसहित त्यहाँ पुगेको प्रहरीले बताएको छ ।

यसअघि रातभर ओली समर्थक कार्यकर्ता र नेताहरू निवास बाहिर भेला भएका थिए । घटनास्थलमा अहिले पनि तनावपूर्ण अवस्था रहेको जनाइएको छ ।

प्रहरीले नियन्त्रण प्रयाससँगै सुरक्षालाई कडा बनाएको छ भने सम्भावित भिड नियन्त्रणका लागि थप सुरक्षा सतर्कता अपनाइएको स्रोतले जनाएको छ ।
एमालेका कार्यकर्ताहरु ओली निवास आसपास जम्मा हुने क्रम बढेको त्यहाँ रहेकी एमाले नेता रामकुमारी झाक्रीले जानकारी दिइन् ।

Share News