काठमाडौं । निर्वतमान प्रधानमन्त्री सुशीला कार्की १९७ दिनमा आफ्नो निवास पुगेकी छन् । उनले गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ खाएकी थिइन् । जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री बनेकी हुन् । मुलुकले नयाँ प्रधानमन्त्री पाएपछि उनी आफ्नो निवासमा पुगेकी हुन् ।
कार्कीले सामाजिक सञ्जालमा राखेको फोटोमा कुकुरले उनलाई स्वागत गरेको जस्तो देखिन्छ । कार्कीसहितको टिमले कुकुरलाई नै हेरिरहेका छन् ।
निवर्तमान प्रधानमन्त्री कार्कीले लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको बताएकी छन् ।
‘आज मेरो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो। हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौं,’ उनले भनिन्, ‘लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ। अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा म निश्चिन्त भएकी छु ।’
नयाँ पुस्ताको ऊर्जावान नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास पनि व्यक्त गरेकी छन्।