परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार पदभार ग्रहण गरेका छन्। पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सक्रिय नेता खनाल पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले पार्टीभित्र पर्यटन विभाग प्रमुखको जिम्मेवारी पनि वहन गर्दै आएका छन् । 

४७ वर्षीय खनाल शैक्षिक रूपमा पनि सशक्त पृष्ठभूमि बोकेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् भने बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् । 

नयाँ परराष्ट्रमन्त्रीको रूपमा खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउने, कूटनीतिक पहललाई प्रभावकारी बनाउने तथा देशको हितलाई विश्वमञ्चमा अझ मजबुत रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । 

Share News