काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेपछि शुक्रबार साँझ ४ बजे पहिलो मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
बैठकले आगामी दिनमा सरकारको प्राथमिकता र कार्यदिशा तय गर्ने स्रोतले जनाएको छ ।
बैठकमा नीति तथा कार्यक्रम निर्धारण र देशका तत्कालीन राजनीतिक तथा आर्थिक चुनौतीहरूको सामना गर्ने रणनीतिका विषयहरू समावेश हुने जनाइएको छ ।