लाङटाङ क्षेत्रमा हेलिकप्टर हरायो

काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर हराएको बुझिएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो । 

त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकप्टर हराएको पुष्टि गरे ।  यसबारे थप विवरण प्राप्त आउन बाँकी छ । 

कलसाइन एन–एनओ हेलिकप्टर सम्पर्कविहिन भएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।  उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले चलाएका थिए । 

 

हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

Share News