बालेन्द्रको पीएसओमा डीएसपी बस्याल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पीएसओ) मा प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल खटिने भएका छन् । 

प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखाले बस्याललाई यो जिम्मेवारी दिएको हो । 

उनी प्रहरीभित्रका एक सफल अनुसन्धान अधिकृत मानिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा रहेर समेत उनले काम गरेका थिए । 

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीलाई विशिष्टस्तरको सुरक्षा प्रदान गरिन्छ । 

प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाको २००, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना सुरक्षाकर्मी खट्ने व्यवस्था छ ।

Share News