पाँच मन्त्रालयको जिम्मा महिलालाई

काठमाडौं । शुक्रबार बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले पाँच मन्त्रालयको जिम्मा महिलालाई दिएको छ । १६ वटा मन्त्रालय रहेको यो सरकारले पाँच मन्त्रालयको नेतृत्व महिलालाई सुम्पिएको हो । 

जसमा सोविता गौतम कानुनमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री, सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसख्या मन्त्री र गीता चौधरी कृषि तथा पशुपन्छि मन्त्री बनेका छन् । मन्त्री बनेकाहरूमध्ये सोबिता गौतमबाहेक अन्य सबै मन्त्री समानुपातिक सांसद हुन् । 

कानुनमन्त्री बनेकी सोविता गौतम चितवन क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद हुन् । गौतम पूर्व तिवन महानगरका मेयर तथा नेकपाका नेता रेणु दाहाललाई पराजित गर्दै विजयी भएकी हुन् । यसअघि २०७९ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएकी थिइन् । 

संघीय मामिला तथा सामान्य प्रशासन भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी प्रतिभा रावल समानुपातिक सांसद हुन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा लागेकी थिइन् ।

यस्तै, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालेकी सीता वादी पनि समानुपातिक सांसद हुन् । सुर्खेतको महेन्द्रनगरकी उनी वादी समुदायबाट नेतृत्व गर्दै पहिलो पटक मन्त्री बनेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मा पाएकी निशा मेहता पनि समानुपातिक सांसद हुन् । उनलाई मधेशी क्लष्टरबाट समानुपातिक सांसदमा छनोट गरिएको हो । पेशाले नर्स रहेकी निशा स्वास्थ्यमन्त्री बनेकी हुन् ।

कृषि तथा पशुपंक्षीमन्त्रीको नेतृत्व सम्हालेकी गीता चौधरी पनि रास्वपाबाट समानुपातिक सांसदमा निवार्चित हुन् । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ४ ३३ वर्षीया गीता चौधरी अधिवक्ता हुन् । प्रायः अदालतको बहस र सामाजिक न्यायका लागि सडकमा भेटिने उनी अहिले मन्त्रालयको नेतृत्वमा पुगेकी हुन् ।

Share News