काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विराजभक्त श्रेष्ठलाई ऊर्जामन्त्री बनाएको छ । काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका श्रेष्ठलाई रास्वपाले ऊर्जामन्त्री बनाएको हो ।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै आजै शपथ ग्रहण गर्ने छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका थिए । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए ।
यसअघि उनी युवा खेलकुदमन्त्री बनेका थिए ।