काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले बालेनलाई संसदीय दलको नेता चयन गरेको हो ।
आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव पारित गरेको थियो । त्यसपछि बसेको संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठकले उनलाई संसदीय दलको नेता चुनेको हो ।
सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो ।
बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् ।