काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न सम्बन्धी गरेको प्रस्ताव पारित गरेको छ । सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको हाे ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव पारित गरेकाे हाे ।
रास्वपाको अहिले नै संसदीय दलको बैठक बसिररहेको छ । सो बैठकले पनि पारित गरेपछि उनी दलको नेता बन्नेछन् ।
बालेनले शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी गरिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिनेछन् ।