रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो ।

बैठकले वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बन्न सक्ने व्यवस्था मिलाउन सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

नेताहरूका अनुसार केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै संसदीय दलको बैठक पनि बस्नेछ। उक्त बैठकले संसदीय नेतृत्वसम्बन्धी थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Share News