ठमेलबाट खैरो हेरोइनसहित यादव पक्राउ

काठमाडौं । ठमेलबाट खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । 

बुधबार ठमेलको नरसिंह चोकबाट एक होटलमा लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका ८ का २९ वर्षीय रक्कीकुमार यादवलाई नियन्त्रणमा लिएको हो । 

होटलको कोठा नं ४०४ मा बसेको अवस्थामा २० ग्राम तौल भएको लागऔषध खैरो हेरोइन, नगद सात हजार रुपैयाँ र मोबाइलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।  

उनका अनुसार यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

Share News