काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ । शपथ सकिएलगत्तै पार्टीले आजै अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ भने त्यसको ठीक एक घण्टापछि ५ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।
शपथ ग्रहणपछि रास्वपाका केन्द्रीय सदस्यहरू कार्यालय पुग्ने क्रम निरन्तर जारी रहेको छ, जसले पार्टीभित्रको सक्रियता र निर्णय प्रक्रियाको गतिलाई संकेत गरेको छ ।
प्रवक्ता मनिष झाका अनुसार आजका दुवै बैठक अत्यन्त महत्त्वपूर्ण रहनेछन् । विशेषगरी संसदीय दलको नेतृत्व चयन, संसदभित्रको रणनीति तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।
संसदमा रास्वपा १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ ।