काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका आफ्ना सांसदहरूलाई शपथ ग्रहणलगत्तै पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उपस्थित हुन निर्देशन दिएको छ ।
पार्टीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य क्षितिज थेवेका अनुसार दुबै सदनका सांसदहरूलाई लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्षले समसामयिक राजनीतिक विषयमा निर्देशन दिनुहुनेछ,’ उनले भने ।
थेवेका अनुसार सपथको कार्यक्रम सकिनासाथ एमालेका दुवै सदनका सदस्यहरू च्यासल जानेछन् ।
संसद् प्रवेशसँगै पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक परिस्थितिको मूल्यांकन तथा सांसदहरूको भूमिकाबारे स्पष्ट निर्देशन दिने तयारी गरिएको थेबेले जानकारी दिए ।
आफ्ना पिताको निधनपछि ओली पहिलोपटक च्यासलस्थित पार्टी कार्यालय आउन लागेका हुन् ।