काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पुरै कांग्रेसलाई समेटेर गरिएको महाधिवेशन नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै महतले विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबैलाई समेटेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
अहिलेको आवश्यकता देखिएका सबै पक्षलाई समेटेर नियमित महाधिवेशन आयोजक समिति बनाउन महतले जोड दिएका छन् ।
पार्टीलाई एक बनाएर लैजान यो मात्रै विकल्प रहेको महतको भनाइ छ ।