साओमी १७ अल्ट्रा बजारमा, क्यासब्याकदेखि स्मार्टवाचसम्म अफर

काठमाडौं । प्रविधि ब्रान्ड साओमीले फ्ल्यागशिप स्मार्टफोन ‘साओमी १७ अल्ट्रा’ को प्रि–अर्डर नेपालमा औपचारिक रूपमा सुरु गरेको छ ।

कम्पनीका अनुसार उच्च कार्यक्षमता, पातलो डिजाइन तथा उत्कृष्ट प्रदर्शनका लागि परिचित उक्त स्मार्टफोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । प्रि–अर्डर अवधिमा ग्राहकहरूले तीन विशेष अफरमध्ये कुनै एक रोज्न सक्ने व्यवस्था गरिएको छ ।

अफरअन्तर्गत ग्राहकले १० हजार रुपैयाँ क्यासब्याक, साओमी वाच एस–४ (४१ एमएम) सहुलियत मूल्यमा वा साओमी बड्स ५ निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

फोन खरिद गर्ने ग्राहकलाई बिक्रीपछिका विशेष सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । खरिदपछि पहिलो ६ महिनाभित्र एक पटक निःशुल्क स्क्रिन प्रतिस्थापन, नियमित १२ महिनाको वारेन्टीमा थप ६ महिना गरी कुल १८ महिनाको वारेन्टी तथा वारेन्टी सकिएपछि २४ महिनासम्म सेवा शुल्क नलाग्ने सुविधा प्रदान गरिनेछ ।

कालो, सेतो र स्टारलाइट रङमा उपलब्ध साओमी १७ अल्ट्रा लाइकासँगको सहकार्यमा विकसित क्यामेरा प्रणालीसहित आएको छ । यसमा २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा, उन्नत इमेज सेन्सर तथा अप्टिकल जुम प्रविधि समावेश गरिएको छ ।

६००० एमएएच क्षमताको ब्याट्री रहेको उक्त फोनले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्ने कम्पनीले जनाएको छ । साथै आइपी–६८ स्तरको पानी तथा धुलो प्रतिरोधी सुरक्षा र साओमी शिल्ड ग्लास ३.० प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार साओमी १७ अल्ट्रा (१६ जीबी + ५१२ जीबी) को मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । प्रि–अर्डर अफर मार्च २५ देखि ३१ सम्म मात्र लागू हुने जनाइएको छ ।

Share News