काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार (आज) सुन तोलामा २९ सय रुपैयाँले घटी प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलमा १०० रुपैयाँले घटेर ४ हजार ८२० कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।