पत्रकार सम्मेलनमार्फत कांग्रेसले बैठकका निर्णय सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकका निर्णय तथा समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

पार्टीले जारी गरेको सूचनाअनुसार चैत्र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्वपूर्ण निर्णय, भावी रणनीति तथा वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी दिन उक्त पत्रकार सम्मेलन बोलाइएको हो । सम्मेलन चैत्र १२ गते बिहीबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आयोजना गरिने तय गरिएको छ ।    

Share News