काठमाडौं । नेपालका लागि बीवाईडी ब्रान्डको आधिकारिक वितरक साइमेक्स इंकले ‘वाडा अटो शो २०२६’ मा सहभागिता जनाउँदै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ (मार्च २५–२९) सम्म सञ्चालन हुने अटो शोमा स्टल ए–१२ मा बीवाईडीका विभिन्न इलेक्ट्रिक सवारी साधन अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
अटो शोमा कम्पनीले नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो १, एट्टो २ र एट्टो ३ मोडल प्रदर्शन गरेको छ । एट्टो १ कम्प्याक्ट इन्ट्री–लेभल एसयूभीका रूपमा सहरी यात्राका लागि उपयुक्त रहेको बताइएको छ भने एट्टो २ दैनिक प्रयोगका लागि डिजाइन गरिएको आरामदायी इलेक्ट्रिक एसयूभी हो । त्यसैगरी एट्टो ३ प्रिमियम विशेषतासहित सहरी तथा लामो दूरीका यात्राका लागि उपयुक्त एसयूभीका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
पाँच दिनसम्म चल्ने अटो शो अवधिभर सीमित समयका लागि गाडी बुकिङ गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराइनेछ । अफरअन्तर्गत ब्याट्री तथा मोटरमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्रि एसेसरिज तथा कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुने जनाइएको छ ।
कम्पनीका अनुसार बीवाईडीका सवारी साधन एड्भान्स्ड ब्लेड ब्याट्री प्रविधि तथा ई–प्लेटफर्म ३.० मा आधारित छन्, जसले सुरक्षा, कार्यक्षमता र ऊर्जा दक्षता बढाउने काम गर्छ ।
साइमेक्स इंकका प्रतिनिधिले अटो शो काठमाडौं बाहिरका ग्राहकसँग जोडिने तथा नेपालमा इलेक्ट्रिक मोबिलिटीको विस्तारबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्म भएको बताए । विशेष अफरमार्फत विद्युतीय सवारी साधनको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
अटो शोमा सहभागीहरूले सवारी साधन अवलोकन गर्नुका साथै विशेषज्ञसँग अन्तरक्रिया गर्न र कार्यक्रममा मात्र उपलब्ध अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।