काठमाडौं । नक्कली सुन देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार सिन्धुलीका ३८ वर्षीय विजय लामा भन्ने धनवीर वाईबालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार झोला भित्र लुकाई गरी राखेको पहेँलो रङको बिष्कुट आकारको ५४७.६९० ग्रामको सुन जस्तो देखिने पहेँलो धातु, बिल १ थान, चेकबुक १ थान, राहदानी १ थान, मोबाइल ३ थान, सुनको मुद्रा १ थान र नगद १ हजार २० रुपैयाँसहित प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।