काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।
समारोहलाई परम्परागत र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
यस क्रममा सात वटा शंख एकसाथ बजाइनेछ भने १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्ने तयारी रहेको उनले बताए ।
शपथ ग्रहण समारोहमा १६ जना भिक्षुहरूले अष्ठमंगल पाठ गरी कार्यक्रमलाई धार्मिक विधिअनुसार सम्पन्न गर्ने तयारी गरिएको सचिवालयका ती सदस्यले जानकारी दिए ।
शपथ ग्रहणपछि नवनियुक्त प्रधानमन्त्री शाहले दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यतालिका तय गरिएको छ ।