६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, १५ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अंकले घटेर २९३५ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बुधबार ३४५ कम्पनीको ३५ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादी गुप्रको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै एपीआई पावर कम्पनीको ५१ करोड, शिवम् सिमेन्टको ४७ करोड, सुपर म्यादी हाइड्रोको ४६ करोड र एसवाई प्यानलको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट भएको छ । रिलाइन्स स्पीनिङ, सुपर खुदी हाइड्रो, सोलु हाइड्रो, भुजुङ हाइड्रो, होटल फोरेस्ट र पन्चकन्या माई हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   

Share News