युगाण्डाबाट ठमेलमा आएर यौनधन्दा गराउने २० जना महिला पक्राउ

काठमाडौं । ठमेलमा अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना विदेशी महिला पक्राउ परेका छन् । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए । ठमेल स्थित विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोकबाट यौन धन्दामा संलग्न विदेशी महिलाई पक्राउ गरेको हो ।

युगाण्डाका महिला नागरिकहरूले बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरेर प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको छ । 

null
 

Share News