‘रास्वपालाई कांग्रेसको पूर्ण सहयोग रहन्छ, ठूल्ठूला भ्रष्टाचारका काण्ड छानबिन हुनैपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्ण साथ रहने बताएका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले ठूलो जनमतबाट सरकार सञ्चालन गर्ने अवसर पाएको रास्वपालाई नेपाली कांग्रेसले पूर्ण साथ र समर्थन गर्ने बताएका हुन् ।

‘रास्वपाले ठूलो जनमत पाएको बधाई दिन चाहन्छु, अबको पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी रास्वपाले पाएको छ, सरकारलाई हाम्रो साथ रहन्छ, अप्ठ्यारो परेको बेला सहयोग गरिन्छ । तर, आलोचना गर्ने ठाउँमा पनि प्रश्न गर्छौं,’ उनले भने । 

‘अब जुनसुकै भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, ललिता निवास, बालुवाटार काण्ड, भदौ २३ र २४ गते नेताहरुको घरमा भेटिएको पैसामा छानबिन हुनुपर्छ,’ त्यसमा हामी सँगै रहनेछौं,’ उनले भने । 

उनले कुनै पनि संस्थाको स्वायत्त र स्वतन्त्रताका कुराहरुमा रास्वपाले चलाउन नहुने कुरामा पनि आग्रह गरे । 
 

Share News