गगनले भने– मत माग्न नजानेहरूलाई राजीनामा माग्ने अधिकार छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा मत माग्न नजाने र मत नदिनेहरूले राजीनामा माग्नुको औचित्य नभएको बताएका छन् । 

मंगलबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभापति थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिने सोच बनाएको भए पनि प्राविधिक कारणले राजीनामा सम्भव नभएको बताए ।

त्यस्तै, उनले कांग्रेसमा नयाँ अध्यायको सुरुवात भएको बताए । आगामी १५ औं नियमित महाधिवेशनले यो अध्यायायलाई निष्कर्षमा पुर्याउने थापाको भनाइ रहेको छ ।

थापाले निर्वाचन परिणाम आएलगत्तै राजीनामा दिएका थिए ।  राजीनामाको बारेमा केन्द्रीय समितिमा भएको छलफल र त्यसलाई अस्वीकार गर्ने कार्यलाई उनले पुरानै अध्याय भनेका छन् । आजबाट सुरु भएको जिम्मेवारीलाई थापाले नयाँ अध्याय मानेका छन् ।

Share News