इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ विजेतालाई सम्मान गर्‍यो

काठमाडौं । राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ ।

चालक साझेदारहरूको उत्साहजनक सहभागितासहित सञ्चालन गरिएको उक्त अभियान १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म तीन सातासम्म चलेको थियो । अभियानको उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु रहेको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत साप्ताहिक चुनौती, प्रोत्साहन कार्यक्रम तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत उत्कृष्ट चालक साझेदारहरूको योगदानको कदर गरिएको थियो । ग्रान्ड पुरस्कारतर्फ टाटा एक्सप्रेस टी ईभी (क्याब चालक श्रेणी) तुमबहादुर थापा मगर र टीभीएस राइडर (बाइकर/मोटो राइडर श्रेणी) अशेष मगर विजेता बने ।

ग्रान्ड पुरस्कारबाहेक अभियानमा विभिन्न साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो । जसअन्तर्गत १५ जनालाई रेडमी नोट १४ फाइभजी स्मार्टफोन, ३० जनालाई ब्लुटुथ इयरबड्स, ३० जनालाई स्मार्ट वाच तथा १,५०० जनालाई पेट्रोल भौचर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

पुरस्कार प्राप्त गरेपछि विजेता तुमबहादुर थापा मगरले आफ्नो मेहनत र समर्पणको कदर भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिन प्रेरणा मिलेको प्रतिक्रिया दिए । त्यस्तै अर्का विजेता अशेष मगरले अभियानले सेवा स्तर सुधार गर्न प्रेरित गरेको उल्लेख गरे ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले चालक साझेदारहरू कम्पनीको सफलताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत चालकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले चालक साझेदारहरूलाई समुदायका महत्वपूर्ण सदस्यका रूपमा सम्मान गर्दै निष्पक्षता, पारदर्शिता तथा रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने जनाएको छ ।

Share News