काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरेका हुन् ।
कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
हाल बैंकले ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।