पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन

काठमाडौं । धनगढी उपमहानगरपालिकाले कुनै पनि विद्यालयलाई पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको छ । उपमहानगरले एक सूचना जारी गरेर सो निर्देशन जारी गरेको हो । 

विद्यालयहरूले प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा अतिरिक्त आर्थिक बोझ पर्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै अबदेखि आफ्नो पूर्व अनुमति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको हो । 

सूचनाअनुसार यदि कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

साथै उपमहानगरले पाठ्यपुस्तक परिवर्तन भइसकेको अवस्थामा सम्बन्धित विद्यालयले समयमै कार्यालयलाई जानकारी गराउन र अभिभावकलाई पनि यस विषयमा सजग रहन आग्रह गरेको छ । 

Share News