महासंघको नेतृत्व अनुभवी व्यवसायीले गर्नुपर्ने बेला आयो : उपाध्यक्षका उम्मेदवार शर्मा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरको उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्माले महासंघलाई बनाउन अनुभवी व्यवसायीको आवश्यकता भएको बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो अनुभव र क्षमताको प्रयोग महासंघमा प्रयोग गर्न चाहेको सुनाए ।

‘दुई कार्यकाल लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीको नेतृत्व गरें, अब महासंघको पदाधिकारीमा रहेर काम गर्न चाहन्छु, व्यवसायीहरू स्थानीय सरकारसँगको समन्वयमा अर्थतन्त्र बलियो हुन्छ,’ उनले भने,  ‘त्यो समन्वय गर्न हाम्रो टिमले सक्छ ।’

एकीकृत कर व्यवस्थाका लागि पनि काम गर्न आवश्यक रहेको सुनाउँदै अबको नेतृत्वले त्यो विषयमा लबिङ गर्न आवश्यक रहेको सुनाए ।

Share News