काठमाडौं । हिमालय एअरलाईन्सले आगामी वैशाख १५ गतेदेखि काठमाण्डौँ-दुबई-काठमाण्डौँमा प्रत्यक्ष उडान शुरु गर्ने भएको छ । दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछिदुबई, हिमालय एअरलाईन्सको नयाँ उडान गन्तव्य हुनेछ ।
दैनिक सेवाको सुरुवात सँगै हिमालय एअरलाईन्सले तिन वटा एअरबस ए-३२०-२१४ मध्थे एउटा एअरबस यस मार्गमा सच्चालन गर्ने छ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार काठमाडौंबाट एच ९५५७मार्फत विहान १०ः४०मा उडान गर्नेछ र दुबईमा १ बजेर २५ मिनेटमा अवतरण गरिने छ । साथै, दुबईबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८ बजेर २० मिनेटमा अवतरण गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एअरलाईन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उदेश्य राखिएको छ ।
उक्त एअरलाईन्सले काठमाण्डौ-दुबर्ई-काठमाण्डौको लागी टिकटदर २४ हजार ८२७(राउण्ड ट्रिप) र दुबई(काठमाण्डौ-दुबईको लागी शुरुवाती टिकटदर एइडी३५० कायम गरेको कम्पनीले जनाएको छ । उक्क्त दरमा सरकारी कर समावेश गरिएको छैन ।
हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्स्(“दुबई, पर्यटन र व्यापार यात्राको लागी सबैभन्दा रोमान्चकगन्तव्यहरुमध्थे एक हो । हामी हाम्रा यात्रुवर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरा मागर्वको अनुभुति गर्दछौ । हामीआशावादी छौ, हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँयात्रुहरु आगमनभई नेपालको अर्थव्यवस्थामा योगदानपुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागी राम्रो बजार हुनेछ ।”