काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत १० गते मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने जानकारी दिइएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिति अनिवार्य गरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
