४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, १५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९३६ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको हो । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

सोमबार ३४२ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारी बैंकको ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, शिवम् सिमेन्टको ६० करोड, नेसनल हाइड्रोको ५७ करोड, एनआरएन इन्फाइस्ट्रक्चरको ५४ करोड ९८ लाख र न्यादी गुप्रको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

सोमबारको कारोबार ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।  

Share News