नेपालमा सार्वजनिक भयो जेकोको नयाँ ईभी ‘जे सिक्स टी, सुरुवाती मूल्य ६७ लाख

काठमाडौं । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ विद्युतीय गाडी ‘जेको जे सिक्स टी’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । 

यो गाडी जस्तोसुकै अप्ठ्यारो सडकमा पनि सजिलै गुड्न सक्नेगरी बनाइएको कम्पनीले जनाएको छ । विश्वप्रसिद्ध ल्याण्ड रोभर डिफेन्डरको बनावटबाट प्रभावित यो गाडी यसको बलियो, आकर्षक र बाकस जस्तो देखिने स्वरूपका कारण चर्चामा छ ।

कम्पनीले यसको बजार मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको भए तापनि सुरुवाती अफर अन्तर्गत ग्राहकहरूले यसलाई ६६ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाएको छ ।

यसमा विश्वकै उत्कृष्ट ‘सीएटीएल’  कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसको मोटरले उकालो र कच्ची सडकमा गुडाउन आवश्यक पर्ने उच्च शक्ति (२२० एनएम टर्क) प्रदान गर्छ ।

एक पटकको पूर्ण चार्जमा यो गाडीले ४३१ किलोमिटर सम्मको यात्रा तय गर्न सक्ने कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार यसको जमिनदेखिको उचाइ (ग्राउन्ड क्लियरेन्स) २२५ मिलिमिटर रहेको छ, जुन नेपाली कच्ची सडक र अफ–रोडका लागि निकै उत्कृष्ट मानिन्छ ।

गाडीको भित्री भागमा १५.६ इन्चको ठुलो मुख्य सूचना स्क्रिन, चालकका लागि ९.२ इन्चको डिजिटल डिस्प्ले, ५० वाटको ताररहित (वायरलेस) मोबाइल चार्जर र ८ वटा स्पिकरहरू जडान गरिएका छन् ।

यसअघि बजारमा आएको जेको जे सिक्सको सफलतापछि कम्पनीले अझ सुधारिएको र शक्तिशाली संस्करणका रूपमा जे सिक्स टी ल्याएको हो । 

सार्वजनिक कार्यक्रममा शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा र निर्देशक गौरव शारदा लगायत अटोमोबाइल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरूलाई नयाँ प्रविधि र भरपर्दो गाडीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

हाल यो गाडी देशभरका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Share News