काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन र माउन्टेन इनर्जी नेपालको बोनस सेयर सूचीकृत भएका हुन् ।
सिद्धार्थ बैंकको ५ प्रतिशत बोनस बापत ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनस वापत ४३ लाख ५९ हजार ६६३ कित्ता, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस वापत ६१ लाख ४५ हजार ४८५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यस्तै, नेशनल लाइफको ४ प्रतिशत बोनस बापत २१ लाख ८९ हजार ९५ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस बापत ३ लाख कित्ता र माउन्टेन इनर्जीको २० प्रतिशत बोनस बापत ५२ लाख ५ हजार ४३१ कित्ता सेयर सूचीकृत भएको हो ।